स्वारेजको गोलमा उरुग्वेले पानामालाई पराजित

एजेन्सी।  कोपा अमेरिका कपको तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा उरुग्वेले पानामालाई ३–० गोलले पराजित गरेको छ । शनिबार बिहान भएको एकपक्षीय खेलमा उरुग्वेको जितमा म्याक्सिमिलियानो गोमेजले १९औं मिनेटमा खाता खोले । लुईस स्वारेजले ६९औं मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै उरुग्वेका अग्रता दोब्बर बनाए । फेडरिको भाल्भार्डेले ७९आंै मिनेटमा गोल गर्दै उरुग्वेलाई सजिलै जिताएका थिए । कोपा अमेरिकाका उरुग्वले जुन १६ मा इक्वेडरसँग पहिलो खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?