एसिड प्रहारबाट एकजना गम्भिर घाइते

काठमाडौँ । महोत्तरीको बर्दिबास नगरपालिका वडा –२ का १५ बर्षीय किशोर सुरज मुखिया एसिड प्रहारबाट गम्भीर घाइते भएका छन् । शुक्रबार राती १० बजेतिर बर्दिवास चोकबाट घर फर्कने क्रममा अपरिचत व्यक्तिले  मुखियाको  अनुहारमा  छ्याप्दा उनि गम्भीर घाइते भएका हुन् । बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा मुखियाको उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवास ले जनाएको छ ।
मुखिया बर्दिवासचोकमा कवाडी सामान बेच्ने  काम गर्छन् ।  । मुखियालाइ शुक्रबार बर्दिबास चोक नजिकको साघुँरो गल्लीमा अपरिचित व्यक्तिले एसिड छर्केर भागेका इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोक साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?