काठमाडौ। कोरियन भाषा परीक्षा केन्द्रबाट ४५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । राजधानीका विभिन्न २१ परीक्षा केन्द्रबाट उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुले अर्कैको नाममा परीक्षा दिएको फेला परेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।कोरियाले नेपालसहित १६ मुलुकबाट विदेशी कामदार आपूर्ति गर्दै आएको छ । सन् २००७ मा नेपाल र कोरिया सरकारबीच इपीएस प्रणालीअन्तर्गत कामदार लिने सम्झौता भएर २००८ देखि भाषा परीक्षा हुने गरेको छ । वर्षमा ८ हजार भन्दा बढी परीक्षामा पास हुने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया