कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पोखरेललाई

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दिएकी छिन् ।
ओली शनिबार साँझ स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम संगठनको सतवार्षिकी समारोहमा सहभागिता जनाउन तथा बेलायत र फ्रान्सको भ्रमणमा गएकाले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पोखरेलाई दिइएको हो ।
पोखरेलले प्रधानमन्त्रीको अनुपस्थितिमा हुने दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?