रुपन्देहीमा एक युवाको हत्या साथीहरु सम्लग्न रहेको आशंका

काठमाडौं । रुपन्देहीको देवदह नगरपालिकामा गएराति एक युवकको हत्या भएको छ ।

हत्या हुनेमा देवदह नगरपालिका, विशालनगरका २८ वर्षिय सुमन थापा रहेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लका अनुसार थापाको उपचारको क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको हो ।  हत्या भएका थापा कुटपिटबाट घाइते भएका थिए ।

 प्रहरी नायव उपरीक्ष मल्लका अनुसार, थापा अचेत अवश्थामा फेला परेका र मृतकको छाती र निधारमा भित्री गहिरो चोट पनी भेटीएको थियो । हत्यामा संलग्न भएको आशंकामा  उनका ५  साथीहरुलाई प्रहरीले जनालाई नियन्त्रणमा लिएको छ ।

यसअघि पनि देवदहमा यसरीनै कुटपिट गरी दुर्गा तिवारी, बलु पौडेल र अनिस पुरीको हत्या गरिएको थियो ।

घटनामा संलग्न ५ जनालाई चप अनुसन्धानको लागि  इलाका प्रहरी कार्यालय बुटवलमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?