काठमाडौंमा फेरि रात्रीबस चल्ने, रोकिएला ट्याक्सीको मनपरी ?

काठमाडौँ शहरको साझा समस्या हो सवारी साधन आवश्यक परेको बेला नपाइनु ।

अझ रातको समय त यो शहर होइन कुनै विकट गाउँ जस्तो लाग्छ । जहाँ बाटो पनि पुगेको छैन ।

ट्याक्सी पाइन्छ नि भन्नुहोला ।

ट्याक्सीको लागि नियम कानून बनाएको भएतापनि रातको समयमा नियमनकारी निकायको उपस्थिती कम हुँदा ट्याक्सीको मनलाग्दी रोकिएको छैन ।

कोचिएर, पेलिएर, चारगुणा  भाडा तिरेर सवारी साधन चढ्नुपर्छ ।

साँझ पशुपतिनाथको आँगनीमा बसेर सन्ध्या भजन र आरती मात्रै हेरेर फर्किने बेता सम्म काठमाडौँ करिब सुनसान भइसक्छ ।

सवारी साधन नै नपाएर काठमाडौँबासीले हैरानी खेप्नुपरेका बेला सरकारले काठमाडौंमा फेरि ‘रात्री बस सेवा’ सुरु गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले रात्री बस सेवा सुरु गर्ने प्रस्ताव गरेपछि  स्वयम्भु यातायात, महानगर यातायात, साझा यातायात लगायतका झण्डै एक दर्जन यातायात कम्पनीले चासो देखाएका छन् । 

 

रात्री बस चलाउन योपटक सरकारले व्यवसायीलाई अतिरिक्त सहुलियत दिँदैछ । जसअनुसार रात्री बस चलाउने बसलाई साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिने अधिकार दिइनेछ । _यो तस्वीर गूगलबाट लिइएको हो । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?