काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले ठूलो परिमाणको अवैध सुन र नगदसहित ७ जना काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल रहेका छन् ।
विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले पक्राउ गरेकाहरूको साथबाट एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैयाँ नगद बरामद भएको हाे ।
यसबारे प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिदैछ । ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया