काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने खालको नीति योजना तर्जुमा गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय विकास परिषदको बैठकलाई सम्बोधन गर्दै निर्वतमान अध्यक्ष मल्लले रेमिट्यान्सबाट आएको रकमलाई उत्पादनमुखी र विदेशबाट फर्किएका युवाहरुको सीपलाई पनि सदुपयोग हुने खालको नीति एवं योजना बन्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री पुष्पकल दाहाल समेत उपस्थित कार्यक्रममा उनले भने, ‘रेमिट्यान्सको पैसा ९० प्रतिशत सम्म उपभोगमा नै खर्च भईरहेको छ, विदेशबाट भित्रिएको रकमलाई उत्पादमुलक क्षेत्रमा सदुपयोग गरेर राष्ट्रिय अर्थतन्त्र बलियो बनाउ“, । ’ वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको सीपलाई स्वदेशमा सदुपयोग गर्न अध्यागमनमा सीपको लगत संकलन गर्नुपर्ने व्यवस्था हुनुपर्नेमा मल्लले जोड दिए ।
अर्को प्रसंगमा निर्वतमान अध्यक्ष मल्लले १६ औं पञ्चवर्षिय योजना, सरकारको बजेट एवं मौद्रिक नीतिबीच पनि प्रभावकारी समन्वय हुनुपर्ने बताए । पञ्चवर्षिय योजना महत्वकांक्षी हुने तर कार्यन्वयन पाटो निकै फितलो हुँदा अपेक्षित लाभ हासिल हुन नसकेको उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया