एजेन्सी । कजाखस्तानको राष्ट्रपतिमा कासिम–जोमार्ट टोकायेभ ७० प्रतिशतभन्दा बढी मत प्राप्त गरी विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार नवनिर्वाचित राष्ट्रपति टोकायेभले ७० दशमलभ ७६ प्रतिशत र उनका निकटवर्ती अमिरझान कोसानोभले १६ दशमलभ २ प्रतिशत मत प्राप्त गरेका थिए ।
टोकायेभले कजाखस्तानका राष्ट्रपिता नूरसुल्तान नजरबायेभले समर्थन गरेका थिए ।
पूर्वराष्ट्रपति समेत रहनुभएका नजरबायेभले विगत तीन दशक मुलुकको सत्ता सम्हालेका कारण निकै शक्तिशाली र लोकप्रिय मानिन्छ । मुस्लिम बहुसंख्यक रहेको कजाखस्तानमा गत आइतबार भएको निर्वाचनका क्रममा भने निकै ठूला ठूला प्रदर्शन भएका थिए ।
चुनावमा धाँधली भएको आरोप लगाउँदै विपक्षीहरुले चुनाव बहिस्कार गर्न आमजनतालाई आह्वान समेत गरेका थिए । चुनावी हिंसाका कारण ५०० भन्दा बढी व्यक्तिलाई हिरासतमा लिइएको गृह मन्त्रालयले जनाएको छ ।
कजाखस्तानको ठूलो शहर अल्माटीमा एएफपीका दुई पत्रकारलाई पनि प्रहरीले हिरासतमा लिएको थियो । पक्राउ परेका सबैलाई प्रहरीले मुक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया