करोडौं ठगी गरेको आरोपमा अस्पताल सञ्चालक पक्राउ

काठमाडौं । बाराको कलैया नगरपालिका १३ स्थित प्रहरीले ५ करोड ठगी गरेको आरोपमा एक अस्पतालका सञ्चालकलाई नियनत्रणमा लिएको छ ।

एसिया मेडिकेयर हस्पिटल प्रालीका सञ्चालक सुरजकुमार सर्राफलाई प्रहरीले पक्राउ गरेको हो । सर्राफले ५ करोड ६६ लाख ४० भन्दा बढी संस्था र व्यक्तबाट ठगी गरेको प्रहरीले बताए । सर्राफले विभीन्न एजेन्सी तथा पार्टीसँग लिएको अस्पतालका सामान, सर्जिकल मेशिन तथा ल्याबका अन्य सामग्रीहरुको भुक्तानी नदिएको साथै एन आई सी एसिया बैंकबाट लिएको २ करोड ३० लाख ऋण समेत नतिरेको तथ्य बाहिर आएपछि निजलाई प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?