मेन्डीले रियल मड्रिडबाट खेल्ने पक्का

एजेन्सी । फ्रान्सेली क्लब लियोनका स्टार फेरल्याण्ड मेन्डी स्पेनिस महारथी क्लब रियल मड्रिड जाने भएका छन् ।

लेफ्ट ब्याक पोजिसनबाट खेल्ने मेन्डी नयाँ सिजनमा रियल मड्रिडसंग जोडिने पक्का भएको छ । फ्रान्सेली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक डिडियर डसच्याम्पले यस कुराको पुष्टि गर्दै युवा स्टार खेलाडीको बिषयमा बोलेका हुन् ।

पछिल्लो समय मेन्डी स्पेनिस क्लब रियलसंग जोडिएका थिए । उनी ५० मिलियन युरोपमा लिग वान क्लबबाट रियल जाने भएका भएका हुन् ।

उनी लिग वानमा दुई बर्ष अघि जोडिए । उनी अब रियल मड्रिडमा जानेछन् । विश्ककप विजेता प्रशिक्षकले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?