नेपालको बैंकिङ प्रणाली दक्षिण एशियाकै नमुना : अर्थमन्त्री खतीवडा

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष स्थापनापछि अर्थमन्त्री डा युवराज खतीवडाले निक्षेप डुब्यो भन्ने अवस्थाको अन्त्य भएको बताएका छन् ।

मंगलबार कोष भवनको शिलन्यास गर्दै खविडाले निक्षेपको सुरक्षण गर्ने अवधारणा आएसँगै निक्षेप डुब्न लाग्यो भनेर कोहि पनि बैंकको काउन्टरमा धाउनु पर्ने अवस्था नरहेको बताएका छन् । बैंकमा समस्याहरु नआउन भन्ने हेतुले यस संस्थालाई अझ बलियो बनाइएको खतिवडाले बताए ।

सोहि कारणले गर्दा सबैले ढुक्कसँग निक्षेप राख्न र बैंकहरुले कर्जा प्रवाह गर्न पाएको खतिवडाले जनाए । सुरक्षण कोष तथा बीमाले बैकहरुको कर्जाको अनुपात घटेको भन्दै नेपालको बैंकिङ प्रणाली दक्षिण एशियाकै नमुना भएको उनले औँल्याए ।

पछि हुनसक्ने जोखिमको पुर्वानुमान गर्दै खतिवडाले आफ्नो क्षमता बढाउन कोषलाई निर्देशन दिए । खतिवडाले कोषलाई बलियो तथा बिमुख बनाउन अरु २ अर्ब पूँजी उपलब्ध गराउने बताए । हाल कोषको चुक्ता पूँजी ८ अर्ब रहेको छ ।

कोष मात्र धेरै भएर हुदैन त्यसको व्यवस्थापन पनि बलियो हुनुपर्छ र दक्ष जनशक्तीको विकास हुनुपर्छ’ खतिवडाले भने । यस्तै कोषले ५ तले भवन निर्माणको लागि ६ करोड ६८ लाख छुट्याएको कोषका प्रमुख कार्यकारी अधिकृत बिष्णुबाबु मिश्रले जानकाचरी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?