प्रितम बने सारेगमपका सेकेन्ड रनर अप, आयुष चौथो स्थानमा सीमित

नेपालका प्रितम आचार्य भारतको चर्चित रियालिटी सो ‘सारेगमप लिल च्याम्प्स’ का सेकेन्ड रनर अप बनेका छन् ।

आइतवार भएको उक्त रियालिटी सोको फिनालेमा तेस्रो बन्दै उनले २ लाख भारु पुरस्कारराशी पाएका हुन् । त्यस्तै अर्का नेपाली प्रतिस्पर्धी आयुष केसीले भने चौथो स्थानमा आफ्नो चित्त बुझाएका छन् ।

प्रतिस्पर्धा सकिएपछि प्रितम र आयुष दुवैजना सोमवार घर फर्किएका छन् । विमानस्थलमा उनीहरुलाई स्वागत गर्न आफ्नाआफन्त र फ्यानहरुको निकै बाक्लो भीड जम्मा भएको थियो ।

सारेगमपको टाइटल नागपुर भारतकी सुगन्धा दातेले जितेकी छिन् । पुरस्कारराशी स्वरुप उनले भारु ५ लाख प्राप्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?