भक्तपुरमा पनि सवारीसाधनको गति मापन, यस्तो छ प्रावधान

काठमाडौं । अरनिको राजमार्ग खण्डअन्तर्गत क्षेत्रमा दुर्घटना न्यूनीकरणका लागि महानगरिय प्रहरी परीसर भक्तपुरले सवारीसाधनको गति निर्धारण गरेको छ ।

प्रत्येक सवारीसाधनको आज मंगलबारदेखि लागु हुने गरि गति प्रतिघण्टा ५० किलोमिटर निर्धारण गरिएको हो ।

नियम विपरित सवारीसाधन चलाउने चालकलाई तत्काल कार्वाहि गरिने साथै यातायात व्यवस्था ऐन २०४९ अनुसार चालक अनुमतिपत्र, रुट परमिट त्यस्तै यातायात सञ्चालन अनुमतिपत्र समेत रद्द गर्न सकिने महानगरिय प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?