नेपालमै पहिलोपटक घाइते वन्यजन्तुको लागि एम्बुलेन्स

काठमाडौं । नेपालमै पहिलोपटक वन क्षेत्रमै पुगेर घाइते तथा बिरामी हुने वन्यजन्तुको उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले एम्बुलेन्स खरीद गरी ल्याइएको छ ।

सरकारको भन्सार छुटमा राष्ट्रिय प्रकृति संरक्षण कोषले सौराहामा सञ्चालनमा आउन लागेको वन्यजन्तु अस्पतालका लागि एम्बुलेन्स ल्याएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषले सौराहाका निमित्त प्रमुख रामकुमार अर्यालले रु २५ लाख लागतमा एम्बुलेन्स ल्याइएको बताए ।

एम्बुलेन्सले चितवन राष्ट्रिय निकुञ्जलगायत तराईका सबै जिल्लामा सेवा दिने अर्यालको भनाइ छ । “वन्यजन्तु घाइते तथा बिरामी भए उद्धारका लागि पुग्छौँ, उनले भने, “एम्बुलेन्समा अक्सिजन, जनावरको आकारअनुसारको वन्यजन्तु राख्ने भाँडो केज लिएर जान्छौँ ।

वन्यजन्तुलाई अस्पतालमा ल्याएर उपचार गर्छौँ । ”यसअघि नेपालमा वन्यजन्तुको एम्बुलेन्समा राखी उद्धार गरिने व्यवस्था थिएन । सदर चिडियाखानासँग एम्बुलेन्स भए पनि बाहिर प्रयोगमा आएको थिएन ।

अस्पताल सञ्चालनमा आएपछि वन्यजन्तु संरक्षणमा थप टेवा पुग्ने संरक्षणकर्मीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?