बुधबार १९ मङ्सिर, २०७५ Wednesday, 19 June, 2019

प्रदेश १ सरकारले समानुपातिक सांसदहरुलाई संसद् विकास कोषमार्फत रकम बाँड्ने

काठमाडौँ  । प्रदेश १ सरकारले समानुपातिक सांसदहरुलाई संसद् विकास कोषमार्फत रकम बाँड्ने भएको छ ।

संघीय सरकारको अनुशरण गदै आर्थिक वर्ष ०७६/७७ देखि प्रदेश १ सरकारले पहिलोपटक समानुपातिक सांसदहरुका लागि पनि संसद् विकास कोष निर्माण गर्न लागेका हो । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार समानुपातिक सांसदहरुले संसद् विकास कोषको बजेट नपाएको भन्दै चर्को विरोध गरेपछि प्रदेश सरकारले संसद विकास कोष निर्माण गर्न लागेको हो ।


ADVERTISEMENT

आगामी आर्थिक वर्षको बजेटमार्फत समानुपातिक सांसदका लागि संसद् विकास कोष निर्माण गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ । आगामी आर्थिक वर्ष ०७६/७७ का लागि प्रदेश सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमको विषयमा उठेका प्रश्नको जवाफ दिँदै यसअघि मुख्यमन्त्री शेरधन राईले पनि सबै सांसदलाई उचित सम्मानका साथ रकम प्रदान गरिने बताएका थिए ।

प्रदेश १ संसद्मा हाल ९३ सांसद् छन् । जसमा ५६ प्रत्यक्ष र ३६ समानुपातिक छन् । यसअघि सांसदले संसद् विकास कोषमार्फत प्रत्येक सांसदलाई एक करोड दिनुपर्ने र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम पाँच करोडसम्म पुर्‍याउन माग गरेका थिए ।

प्रदेशमा प्रत्यक्ष निर्वाचित सांसदका लागि पूर्वाधार विकास कार्यक्रममार्फत चालू आर्थिक वर्षमा सरकारले दुई करोड बजेट छुट्याएकाे थियो ।

Leave a comment