काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलमा रोयज च्यालेन्जर्स बेंग्लुरुले सानदार जित दर्ता गरेको छ ।
आज भएको खेलमा गुजरात टाइटन्सले दिएको २०१ रनको लक्ष्य पछ्याएको बेंग्लुरुले १६ ओभरमै जम्मा एक विकेट गुमाएर पूरा गरेको थियो ।
जारी प्रतियोगितामा बेंग्लुरुको तेस्रो जित हो भने गुजराताको चाथौ हार भएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित ओभरमा ३ विकेट गुमाएर २०० रन बनएको थियो । गुजरातका लागि साइ सुदर्शनले ८४ रनको नटआउट पारि खेल्दा मोहमद सारुख खानले ५८ रनको पारि खेले ।
सुदर्शनले ४९ बलमा चार छक्का र आठ चौका प्रहार गरेका थिए । यसैगरी सारुख खानले ३० बलमा ५८ रन बनाउँदा पाँच छक्का र तीन चौका प्रहार गरे । यसैगरी डेभिड मिलरले नटआउट २६ रन बनाउँदा कप्तान शुभमन गिलले १६ रन बनाए । बेंग्लुरुका लागि स्वपनिल सिंह, मोहमद सिराज र ग्लेन म्याक्सवेलले समान एक एक विकेट लिए ।
२०१ रनको विशाल लक्ष्यसहित मैदान उत्रिएको बेंग्लुरुको सुरुआत राम्रो भएको थियो । ३.५ ओभरमा टिमको स्कोर ४० रन हुँदा पहिलो विकेट कप्तान फाफ डु प्लेसि १२ बलमा २४ रन बनाएर आउट भए । उनले तीन छक्का र एक चौका प्रहार गरेर विदा भएका थिए । उनलाई साइ किशोरले आउट गरेका थिए । त्यसपछि विराट कोहली र विल ज्याकले खेल जिताए । विल ज्याकले नटआउट शतकीय पारि खेल्दा कोहलीले नटआउट अर्धशतकीय पारि खेले ।
ज्याकले १५.२ ओभर देखि १६ ओभरसम्म २८ रन जोड्दै शतक पूरा गर्दा वेंग्लुरु विजयी भयो । ज्याकले ४१ बलमा १०० रन बनाउँदा १० छक्का र पाँच चौका प्रहार गरे । यसैगरी ओपनर विराट कोहलीले ४४ बलमा ७० रनको नटआउट पारि खेल्दा तीन छक्का र छ चौका प्रहार गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया