काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टी–२० श्रृंखलाको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज एविरुद्ध जितका लागि १७३ रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनायो ।
वेस्ट इन्डिजका लागि एलिक आथान्जेले सर्वाधिक ४२ रन बनाए । त्यस्तै, कप्तान रोस्ट चेसले ३३ रन, ओपनर जोनसन चार्ल्सले २४ रन तथा म्याथ्यु फोर्डेले २३ रन हिर्काए ।
टस हारी पहिले बलिङ गरेको नेपालका लागि सोमपाल कामी र सागर ढकालले समान तीन–तीन विकेट लिए ।
वेस्ट इन्डिजएले ३–१ ले शृंखला आफ्नो पक्षमा पारिसकेको छ । नेपाल श्रंखलाको सुखद अन्त्य गर्न चाहान्छ ।
नेपाल केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया