बरहथवा । सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँका आगलागी पीडितलाई सशस्त्र प्रहरीले राहत सामग्री वितरण गरेको छ । आज विष्णु गाउँपालिका–१, बाराउद्योरणस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा औपचारिक कार्यक्रम गरी राहत सामग्री वितरण गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीले आगलागीपीडित ५० परिवारलाई राहत सामग्री प्रदान गरेको हो । वाहिनीपति एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) दीपेन्द्र शाहले पीडितपरिवारलाई कम्बल, तन्ना, सिरानी, थाल, कचौरा, गिलास पानीको बोटललगायत राह सामग्री प्रदान गरे ।
राहत वितरण कार्यक्रममा विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय यादवले आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले ज्यानको बाजी राखेर सहयोग गरेकामा धन्यवाद दिए । उनले विपद् तथा सीमा सुरक्षामा सशस्त्र प्रहरीको भूमिकाको प्रशंसा गरे ।
राहत वितरणमा सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, प्रस्तावित सीमा सुरक्षा गुल्म सिमराका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्का, बोर्डर आउट पोष्ट ९बिओपी० बाराउद्योरणका सशस्त्र प्रहरी निरीक्षक सुवासचन्द्र मैनाली, बलरा नगरपालिका–१, का वडाध्यक्ष बिकाउ ठाकुरलगायतको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया