काठमाडौं । काठमाडौं महानगरपालिकाले सजावटका लागि सडकलगायतका विभिन्न स्थानमा राखिएका बत्तीको जनस्वास्थ्य, वातावरण र सहरी व्यवस्थापनका कोणबाट अध्ययन गर्ने भएको छ ।
मंगलबार महानगर उप–प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको अनुगमन समितिको बैठकले सडकलगायतका स्थानमा सजावटका लागि बालिएका बत्तीको जनस्वास्थ्य र वातावरणीय प्रभावबारे अध्ययन गर्ने निर्णय गरेको हो ।
बाटा वा सडक आसपास बालिने बत्तीले पैदल वा सवारी यात्रीको स्वास्थ्यमा के कस्तो असर वा प्रभाव पार्छ ? रातको समयमा बास बस्ने तथा उड्ने चराचुरुङ्गी र अन्य जीव जनावरलाई कस्तो असर गर्छ कि गर्दैन ? रुखमा वा बिजुलीका पोलमा बेरेर राखिने बत्तीका तारहरुले रुखलाई असर गर्छ कि गर्दैन ? गर्छ भने कस्तो प्रकारको असर गर्छ भन्ने सन्दर्भमा महानगरले आजको बैठकमा छलफल गरेको थियो ।
छलफलपछि उपप्रमुख डंगोलले सडक र आसपासमा बालिने सजावटका (झिलिमिली बत्ती) ले सामाजिक तथा व्यावसायिक जीवन, पर्यावरण र जैविक विविधता, स्वास्थ्य र सहजता जस्ता पक्षमा पार्ने प्रभावबारे अध्ययन गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया