सल्यान । चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
त्रिबेणी गाउँपालिका-१ गोगने बस्ने ७७ वर्षीय दर्वसिंह पुनको चट्याङ लागेर बुधबार राति मृत्यु भएको हो । उनकै घरको भान्सा कोठामा चट्याङ पर्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया