काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाली बजारमा आज सुन प्रतितोला २३ सय रुपैयाँले बढेको हो।
आज छापावाला सुनको मूल्य प्रतितोला एक १ लाख ३७ हजार ९ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहिबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दा नेपालमा असर परेको महासंघले जनाएको छ ।
यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया