स्पेनिस ला–लिगा फुटबलमा जिरोना र एलाभेसले अंक बाँडे

लोकपथ
56
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको जिरोेनाले अंक बाँडेको छ । २ पटक अग्रता लिएर पनि जोगाउन असफल हुँदा जिरोेनाल अंक बाँड्न पुगेको हो । शुक्रबार राति भएको खेलमा जिरोना र एलाभेसले २–२ जिरोनाले एरिक गार्सियाको गोलमा चौथो मिनेटमै अग्रता लिएको थियो । भिक्टर त्सिहानकोवको पासमा उनले गोल गरेका थिए ।

तर, एलाभेसले १२औं मिनेटमै बराबरी गोल फर्काएको थियो । उसका लागि जोन गुरेडीले ग्युलिनो सिमोनको पासमा बराबरी गोल गरेका थिए । ४४औं मिनेटमा एन्जेल हेरेराले गोल गर्दै पहिलो हाफमा २–१ को अग्रता दिलाए । जित नजिक रहेको जिरोना दोस्रो हाफको इन्ज्योरी समयको पनि अन्तिममा गोल खान पुग्यो । नवौं मिनेटमा जोन गुरेडीले नै व्यक्तिगत दोस्रो गोल गर्दा एलाभेसले २–२ गोलको बराबरी खेल्दै एक अंक लिन सफल भयो । जिरोना ला लिगाको तालिकामा ७५ अंकका साथ दोस्रो स्थानमा छ भने एलाभेस ४२ अंकका साथ ११ औं स्थानमा छ ।

ला लिगाको उपाधि भने रियल मड्रिडले जिति सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?