काठमाडौं । अमेरिका र क्यानडा लैजाने भन्दै मानव तस्करी गरी ठगी गर्ने मूख्य गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्बा -२ का ४८ वर्षीय जगत बहादुर तामाङ, तनहुँ ऋषिङ्ग -२ का ४८ वर्षीय जंग बहादुर वि.क र सोही स्थानका ४६ वर्षीय विष्णु बहादुर बराली रहेका छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कञ्चनपुरको गड्डा चौकी नजीकै लुकीछिपी बसेको अवस्थामा आइतबार पक्राउ गरेको हो ।
केहीदिन अघि सोही मुद्दामा पक्राउ परेका टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पालाई एजेन्टका रुपमा राखेर भारतको नयाँ दिल्लीमा बसेर संगठित मानव तस्करी गर्दै आएका कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनीहरुले अमेरिका लंजाने प्रलोभन देखाएर प्रतिव्यक्ति ४० देखि ५० लाख रुपैयाँसम्म र क्यानडा जान प्रतिव्यक्ति २२ देखि ३० लाख रुपैयाँसम्म लाग्ने विश्वास दिलाएर ठगी गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया