काठमाडौं । अनलाइन सट्टेबाजीमार्फत २ अर्ब १ करोड कारोबार गरेको गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर ८ स्थायी घर भई भक्तपुर बस्दै आएका २४ वर्षीय अनिल ढुंगाना रहेका छन् ।
उनले विभिन्न माध्यमबाट २ अर्ब १ करोड बढीको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।
उनले ११ वटा कनेक्ट आइपीएसमा ५५ वटा बैंक खाता लिंक गरी ४८ करोड ८० लाख बराबरको कारोबार गरेको प्रहरीले जनाएको छ ।
यस्तै १५ वटा वालेटहरू प्रयोग गरी ५ करोड बढी कारोबार, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।
त्यसैगरी बिनान्समार्फत २ वटा खाता प्रयोग गरी २४३ वटा विभिन्न क्रिप्टोकरेन्सीको हाल नेपाली मूल्य १ अर्ब ३४ करोड बराबरको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ ।
उनले सामाजिक सञ्जालमा जुवा ३६५ नामको आधिकारीक पेज चलाउँदै आएका थिए ।
साथै प्रहरीले उनको साथबाट एप्पल कम्पिनीको ल्यापटप अनिल साहको नामबाट भारतीय आधार कार्ड, पान कार्ड, दिल्ली मेट्रो कार्ड, भारतीय एचडीएस, विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंकको चेकबुक, एटिएम कार्ड र एयरटेल कम्पनीको सीमकार्ड, विभिन्न मोडेलका मोबाइल बरामद भरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया