धनुषा । धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सबैला नगरपालिका–७ मटहि बस्ने ५८ वर्षीय रामएकवाल साह रहेका छन् ।
आफ्नै निर्माणाधिन घरमा छत ढलान भइरहेको अवस्थामा रड उठाउने क्रममा घर छेउमा रहेको विद्युतको तारबाट करेन्ट लागेर सोमबार बिहान साहको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया