देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

लोकपथ
119
Shares

काठमाडौं । देशका विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

ललितपुरको महानगरपालिका–४ नख्खुदोबाटोमा बा.४ ख १०४ नम्बरको बसले बागमती प्रदेश ०१ ०२–०५१ प ३८५० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४६ वर्षीया सविता थापा रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको अल्का अस्पतालमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रूपन्देहीको तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडास्थित सडकमा रोकी राखेको ना.१ क ४३६४ नम्बरको क्रेनमा बा।१५ च ६४०७ नम्बरको कार ठक्कर खाई दुर्घटना हुँदा कार चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ देविनगर बस्ने ६७ वर्षीय दुर्गा बहादुर गुरूङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।

यसैगरी सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ कात्तिकेस्थित सडकमा ग्वालटारबाट खोक्लिङतर्फ जाँदै गरेको ना.६ त २२२४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका–२ बस्ने ३१ वर्षीय रोशन बहादुर मगर रहेका छन् ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?