काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल र कार्यसमितिको बैठक बोलाएको छ ।
कांग्रेसले आज (शुक्रबार) बिहान साढे ८ बजे संसद् भवन परिसरमा बस्ने गरी दलको कार्यसमिति र ९ बजे दलको बैठक बोलाएको हो । सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछाने विरुद्ध छानबिन समिति गठनको विषय पेचिलो बन्दै गएपछि कांग्रेसले आजको संसद बैठक पूर्व कार्यसमिति र संसदीय दलको बैठक बोलाएको हो ।
बिहीबार कांग्रेसको अवरोधबीच सभामुख देवराज घिमिरेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि प्रतिनिधिसभा बैठकमा कांग्रेस एमाले सांसदकाबीच असहज स्थिति बनेको थियो ।
जसकारण सभामुखले आज बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । तर, कांग्रेसले संसदीय छानबिन समिति गठनलाई बटमलाईन बनाएर अघि बढ्ने निणर्य गरिसकेकाले माग पूरा नभएसम्म संसदको अवरोध नरोक्ने बताउदै आएको छ ।
कांग्रेसले हिजोको घटनाबारे छलफल गर्न आज प्रतिनिधि सभा बस्नुपूर्व नै पार्टीको बैठक बोलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया