ज्यान मार्ने उद्योग, तथा संगठित अपराध कसूरका फरार प्रतिवादी पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । ज्यान मार्ने उद्योग, हातहतियार खरखजना तथा संगठित अपराध कसूरका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ घर भई हाल भक्तपुर सूर्यविनायक बस्ने ३३ वर्षीय सन्तोष गिरी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले गिरीलाई भक्तपुर सूर्यविनायकबाट बिहिबार पक्राउ गरेको हो ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ गैरीचोक बस्ने ३७ वर्षीय पुरूषलाई लक्षित गरी २०८० फागुन १२ गते राति गोली प्रहार गरेको घटनामा संलग्न रही वारदात पश्चात फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पश्चात गिरीलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?