मोरङ । अवैध लागुऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।
बिराटनगर महानगरपालिका–१६ दरैयाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्रामसहित एकजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका–२ बस्ने २२ वर्षीय चेतन गच्छादार रहेका छन् ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०४९ प ५५८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चेतनलाई उक्त पदार्थसहित शुक्रबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया