कास्की । कास्कीबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा अन्नपुर्ण गाउँपालिका–३ धारापानी बस्ने ३७ वर्षीय बिपिन भन्ने केशव सुनार रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अन्नपूर्ण गाउँपालिका–१ नौडाँडाबाट बिहिबार पक्राउ गरेको हो।
जिल्ला अदालत कास्कीको २०७९ माघ १० गतेको फैसलाले ११ महिना ८ दिन कैद सजाय, १५ हजार रूपैयाँ जरिवाना र ४ सय रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने सजाय ठहर भई उनी फरार रहेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया