काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले गरेको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका इन्जिनियर नवीनकुमार पोखरेल मृत अवस्थामा फेला परेका छन्।
विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सिनियर डिभिजनल इन्जिनियर पोखरेल बिहीबार भक्तपुरस्थित आफ्नै घरको भर्याङमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।
गत जेठ ८ गते विशेष अदालतले पोखरेललाई दोषी ठहर गर्दै ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया