धनुषा । धनुषामा अवैध लागुऔषधसहित तीनजना पक्राउ परेका छन् ।
जनकपुर उपमहानगरपालिका–१३ पिराडी चोकबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ सय ५० किलोसहित तीनजना पक्राउ परेका हुन् ।
सर्लाही हरिवन नगरपालिका–८ स्कूल टोल बस्ने ३० वर्षीय नेत्र बहादुर श्रेष्ठसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले बा.प्र०१–०२७ च १९७७ नम्बरको स्कार्पियो जाँच गर्ने क्रममा स्कार्पियामा सवार उनीहरूलाई उक्त पदार्थसहित गएराति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया