काठमाडौं । विभिन्न स्थानबाट अवैध लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । सुनसरीको कोशी गाउँपालिका–६ स्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम र नगद १० हजार ४ सय रूपैयाँसहित एकजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका–५ बस्ने २० वर्षीया संगिता चौधरी रहेकी छन् । इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त पदार्थसहित शनिबार बेलुकी पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–८ वुद्धचोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय २० मिलिग्राम र २५ हजार नेपाली रूपैयाँ र १० हजार भारतीय रूपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–८ बस्ने २६ वर्षीय नविन चौधरी रहेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ र नगदसहित शनिबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया