नगद तथा सुनका विभिन्न गरगहना चोरी

लोकपथ
112
Shares

कास्की । नगद तथा सुनका विभिन्न गरगहना चोरी भएको छ ।

पोखरा महानगरपालिका-१७ बिरौटा अन्नपुर्ण मार्ग बस्ने ६० वर्षीय लक्ष्मीकान्त शर्माको घरबाट ताल्चा फोडेर ३४ तोला ५५ लाल सुन नगद ३ लाख ७५ हजार रूपैयाँ, सोही घरमा भाडामा बस्ने सुर्यदेबी पौडेलको २ तोला ७० लाल सुन तथा नगद ५ हजार रूपैयाँ र अन्जु क्षेत्रीको नगद १५ हजार तथा विभिन्न जिन्सी सामानहरू समेत गरी करिब ७० लाख ८२ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

लक्ष्मीकान्त बुधबार पोखरा महानगरपालिका-२२ पाउदुरस्थित पुरानो घर गएकोमा शनिबार घर फर्की आई हेर्दा उक्त नगद तथा सुनका गरगहना चोरी भएको बताइएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?