जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

लोकपथ
147
Shares

पाल्पा । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । रम्भा गाउँपालिका–५ स्थित होटलमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने २७ वर्षीय मुकेश महतो रहेका छन् । मुकेशले ती महिलालाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ताँहु र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?