कर्णाली प्रदेशको दिवा खाजा रकम वृद्धि

लोकपथ
77
Shares



काठमाडाैं । सरकारले कर्णाली प्रदेशका बालबालिकालाई उपलब्ध गराउँदै आएको दिवा खाजा रकममा वृद्धि गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ को बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले कर्णाली प्रदेशका विद्यार्थीलाई उपलब्ध गराउँदै आएको दिवा खाजा रकममा वृद्धि गरेको घोषणा गरेका हुन् ।

देशैभरका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका बालबालिकालाई कर्णाली प्रदेशमा २० रुपैयाँ र अन्य प्रदेशमा १५ रुपैयाँ दिने गरिएको थियो ।

कर्णाली प्रदेशको दिवा खाजाको रकम बढेपनि अन्यत्रको रकम बढेको छैन भने अन्य क्षेत्रका बालबालिकालाई स्थानीय स्तरकै खाजा खुवाउनुपर्ने बजेट भाषणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?