काठमाडौं । नेपाल प्रहरीका हालै बढुवा भएका चार जना नायव महानिरीक्षक (डीआईजी) को पदस्थापन र तीन डीआईजीको सरूवा गरिएको छ ।
जेठ १३ गते डीआईजीमा बढुवा भएका चार जनामध्ये कृष्णहरि शर्मा पोखरेललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गरिएको छ । उनी यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत थिए ।
त्यस्तै दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालय, डा. मनोजकुमार केसीलाई विशेष ब्युरा र राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको छ ।
यसैगरी, डीआईजी रामदत्त जोशीलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालय, लालमणि आचार्यलाई कर्णाली प्रदेश प्रमुखबाट नेपाल प्रहरी शिक्षालय भरतपुर र अर्जुन ठकुरी चन्दलाई कर्णाली प्रदेश प्रमुखका रुपमा सरुवा गरिएको छ । डीआईजीको पदस्थापन र सरुवा गृहमन्त्रीस्तरीय निर्णयबाट हुने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया