काठमाडौं । डाँका चोरीमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौं गोकणेश्वर नगरपालिका-३ अत्तरखेल बस्ने ४८ वर्षीय भाग्यराम पाईन रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले भाग्यरामलाई गोकणेश्वरबाट चोरी गरी लगेको केही सुनका गरगहनासहित सोमबार दिउँसो पक्राउ गरेको हो ।
बुढानिलकण्ठ नगरपालिका–१२ कपन मुस्कान चोक नजिक रहेको सोहील बाह्रबिसे सुनचाँदी पसलका सञ्चालकलाई उनकै डेरा कोठाबाट आइतबार राति भाग्यराम समेतका व्यक्तिहरूले हामी सादा पोसाकका प्रहरी हो तपाईंको पसल अनुसन्धान गर्न आएका हौं भनि कुटपिट गरी पसलमा रहेका सुनका विभिन्न गरगहना अन्दाजी ५ तोला र मोबाइल लुटपाट गरी फरार भएको अनुसन्धाको क्रममा खुल्न आएको छ ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त वौद्ध पठाइएको प्रहरीले जनाएको छ । डाँका तथा चोरीमा संलग्न अन्य ३ जनाको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया