दैनिक आफ्नै रेकर्ड तोड्दै धनगढी, बिहीबार दिउँसोको तापक्रम ४४.१ डिग्री सेल्सियस

लोकपथ
476
Shares

धनगढी । सुदूरपश्चिमको राजधानी धनगढीको तापक्रमले दिन प्रतिदिन आफ्नै रेकर्ड तोड्न थालेको छ । बुधबारको ४३.३६ डिग्री सेल्सियसको रेकर्ड बिहीबार नै तोडिएको छ ।

बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबारको तापक्रम वर्षकै सर्वाधिक भएको मौसम तथा विज्ञान विभागले जनाएको छ ।

मौसम तथा विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालयका मौसम विज्ञान सहायक सिंगल चौधरीले बिहीबार दिउँसो ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?