पोर्नस्टारसँग यौन सम्बन्ध राखेकासहित ३४ आरोपमा पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प दोषी ठहर

लोकपथ
1.3k
Shares


काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका सबै ३४ आरोपमा उनलाई दोषी ठहर गरिएको छ । न्यूयोर्कको १२ सदस्यीय जुरीले दुई दिनसम्म चलेको सुनुवाइपछि ट्रम्पलाई दोषी ठहर गरेको हो । अब न्यायाधीश जुआन मर्चेनले ११ जुलाईमा ट्रम्पमाथि सजाय सुनाउने भएका छन् ।

अमेरिकाको इतिहासमै पूर्वराष्ट्रपतिविरुद्ध आपराधिक अभियोग दर्ज भएको यो नै पहिलो थियो ।

ट्रम्पले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । कोर्ट रुमबाट बाहिरिने क्रममा पनि ट्रम्पले आरोप अस्वीकार गरेका थिए । उनले आफूले कुनै गलत काम नगरेको र निर्दोष रहेको जिकिर गर्दै आएका छन् । साथै उनले आफू अन्तिमसम्म लड्ने र जित्ने दाबीसमेत गरेका छन् ।

सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचनअघि पोर्नस्टार स्टोर्मी डेनियल्ससँग यौन सम्बन्ध राखेको र उनलाई चुप लगाउन अनधिकृत रुपमा रकम दिएको आरोप ट्रम्पमाथि थियो । आफ्नो कारोबारको रकेर्डका कागजात हेरेफेर गरेको, राष्ट्रपति निर्वाचनको मत परिणाम प्रभावित पार्न संसद भवनमा तोडफोड गरेकोलगायतका आरोपहरु उनीमाथि लागेको थियो ।

पूर्वराष्ट्रपति ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति उम्मेदवारका दाबेदारसमेत हुन् । आगामी १५ जुलाईमा सुरु हुने रिपब्लिकन पार्टीको राष्ट्रिय महाधिवेशनले उनलाई औपचारिक रुपमै पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार घोषणा गर्ने तयारीसमेत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?