काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच भेटवार्ता भएको हो ।
बुधबार एकीकृत समाजवादीका अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा विपक्षी दलका नेताहरुसँग भेट गरेका थिए। उक्त भेटपछि सत्ता गठबन्धनमा अविश्वास पैदा भएको हल्लाकाबीच नेतात्रयले भेट गरेका हुन्।
भेटपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले समसामयिक विषयमा छलफल भएको जानकारी दिए। के–के विषयमा छलफल भयो भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने, ‘समसामयिक परिस्थितिको बारेमा छलफल भएको हो।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया