कैलाली र मोरङबाट लागुऔषधसहित तीनजना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । कैलाली र मोरङबाट अवैध लागुऔषधसहित तीनजना पक्राउ परेका छन् ।

कैलालीको गोदावरी नगरपालिका-१ अनामनगरबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्रामसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–१ बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित शनिबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी मोरङको धनपालथान गाउँपालिका–३ टिटैयाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुन्दर हरैचा नगरपालिका–४ बस्ने २९ वर्षीय राम कुमार चौधरी र रंगेली नगरपालिका–३ बेतौना बस्ने २४ वर्षीय सुरेन्द्र मर्डी रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०२-०४१ प ९३९७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?