प्रदीप पौडेललाई तनहुँ २ मा टिकट दिन किन ढिलाई ?

काठमाडौं— क्षेत्रीय कमिटीले सर्वसम्मत निर्णय गरेको भएपनि केन्द्रले तनहुँ  प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवारी टुंगो लगाउन ढिलाई गरेको छ । क्षेत्रीय कमिटीले      केन्द्रिय सदस्य एवं युवा नेता प्रदीप पौडेललाई सर्वसम्मत  उम्मेदवार सिफारिश गरेको थियो । उनी सो क्षेत्रको सशक्त उम्मेदवार हुन् । यसो त पौडेल क्षेत्र नम्बर २ बाट एक मात्र केन्द्रिय सदस्य हुन् भने  केन्द्रिय सदस्य पदमा पनि ६ औ लोकप्रिय मतका सात  निर्वाचित,  जुझारु र विकासप्रेमी नेता हुन् । यी नै कारणले  गर्दा पौडेलले टिकट पाउनुपर्ने कार्यकर्ता बताउँछन् । सार्वजनिक पदमा नहुदाँ पनि युवा नेता पौडेलले विभिन्न योजनाहरु लगेर  उक्त क्षेत्रमा विकास निर्माणका योजनाहरु सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको स्वय स्थानीयबासीहरु बताउँछन् । तनहुँले पटक पटक मन्त्री पाए पनि हालको क्षेत्र नं २ मा भने विकास निर्माणमा प्रदीप बाहेक कसैले चासो  देखाएका थिएनन् । बरिष्ठ नेता रामचन्द्र पोडेल, गोविन्दराज जोशी, शंकर भण्डारी लगायतका व्यक्तिहरु मन्त्री हुदाँ पनि हालको क्षेत्र नं १ लाई मात्रै प्राथामिकता दिएकोले क्षेत्र नं २ का बासिन्दाहरु रुष्ट हुदै आएका थिए । अरु नेताको तुलनामा पौडेलले  जनताको मत तिजेकाले स्थानीय बासिन्दाहरुले उनलाई  सहयोग गर्ने बताएका छन् । अरु नेताले  राजनीतिक समस्यालाई समाधान गर्नका लागि मात्रै क्षेत्र नं २ लाई उपयोग गर्ने गरेको, जिल्लामा आएको बजेट पनि समान ढंगले वितरण नगरेको, क्षेत्र नं २ मा नेता खोज्ने काम कसैबाट नभएको लगायतका विविध कारणले गर्दा क्षेत्रिय अस्तित्व कायम गर्न बाहिरबाट आयतीत नेतालाई बहिष्कार गरी प्रदीप जस्तो स्थानीय नेतालाई पहिलो प्राथामिकतामा राख्नुपर्ने क्षेत्र नं २ का बासिन्दाहरु बताउँछन् । क्षेत्रिय समितिले सिफारिस गरी पठाएको नेतालाई नै टिकट दिनुपर्ने कार्यकर्ताको चर्को माग छ । स्थानीयको भावनाअनुसार केन्द्रले पनि निर्णय गर्नुपर्नेमा दवाव बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?