काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
ओखलढुङगा चम्पादेवी गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–९ तिलगंगा बस्ने ५० वर्षीय तिलक बहादुर थापा मगरलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
तिलक बहादुर संलग्न ७ लाख रूपैयाँ बिगो भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पठाएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया