काठमाडौं । नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ भिडियो पसल एपमा रिलिज भएको छ । दिनेश राउत निर्देशित यो फिल्मले कर्णालीका रहनसहन र जीवनशैलीलाई कथावस्तु बनाएको छ । समीक्षात्मक रुपमा पनि यो फिल्म दर्शक र फिल्मकर्मीले मनपराएका थिए ।
फिल्ममा जनयुद्धमा वेपत्ता पारिएको बाबुको परिवारमा छोराले शिक्षक बन्न गरेको संघर्षको कथा देखाइएको छ । फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ ।
बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत छ ।
२०१७ देखि सञ्चालनमा आएको भिडियाे पसलमा ‘प्रकाश’का अलावा ‘एक भागवत एक गीता’, ‘ऐँचो पैँचो’, ‘छक्का पन्जा ४’, ‘झिङ्गेदाउ’, ‘मन्त्र’, ‘लाखे’ लगायतका फिल्म उपलब्ध छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया