अमरेशकुमारविरुद्ध दायर गरेको मुद्दा अदालतले मेलमिलापमा पठायो

लोकपथ
462
Shares

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध दायर गरेको मुद्दामा अदालतले मेलमिलापमा पठाउने आदेश गरेको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले मंगलबार मेलमिलापमा पठाउने आदेश गरेको हो ।

राणाले सिंहविरुद्ध जेठ २४ गते जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेकी थिइन् । नेपाली कांग्रेसका पूर्व नेता समेत रहेका सिंह अहिले स्वतन्त्र निर्वाचन लडेर प्रतिनिधि सभाको सांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?