धनगढी । दार्चुलाबाट धनगढीतर्फ आउँदै गरेको जिप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् ।
दार्चुला प्रहरी प्रमुख डीएसपी भीमलाल भट्टराईका अनुसार आज बिहान भएको जीप दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामी र सोही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको मृत्यु भएको हो । धामीको घटनास्थलमै र बालिका पार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।
जिपमा चालकसहित नौजना सवार थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया