काठमाडौं । काठमाडौंको चाबहिल सरस्वतीनगरका एक व्यक्तिले आफ्नी श्रीमती र ३ छोरीलाई मट्टितेल खनाएर आगो लगाएका छन् । ५५ वर्षीय चञ्चलबहादुर सिंहले श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएको प्रहरीले जनाएको छ ।
उनले मादक पदार्थ सेवन गरी मंगलबार राति झगडा गरी घटना घटाएको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी वृत्त गौशालाका प्रमुख डीएसपी केशव थेबेले सिंहले श्रीमती विन्दु र २४ वर्ष, १६ वर्ष र ८ वर्षकी छोरीहरूलाई आगो लगाएको जानकारी दिँदै त्यसपछि आफैलाई आगो लगाएको बताए । डीएसपी सिंहका अनुसार आगोबाट जलेका पाँचै जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
उनका अनुसार, २४ वर्ष र १६ वर्षकी छोरीहरूको शरीरको भाग धेरै जलेकाले आईसीयूमा राखी उपचार गरिएको छ । १६ वर्षकी छोरीको शरीरको ८० र २४ वर्षीया छोरीको शरीरको ५५ प्रतिशत भाग जलेको बर्न अस्पतालले जनाएको छ । अन्य तीन जनाको भने शरीरको ८ देखि १० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया