भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा

लोकपथ
518
Shares
फाइल तस्बिर

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । उनले आज बुधबार दिउँसो राष्ट्रपति द्रौपडी मुर्मुलाई भेटेर प्रधानमन्त्री पदबाट राजिनामा दिएका हुन् ।

भारतीय समाचार संस्था टाइम्स अफ इन्डियाले मोदीले राष्ट्रपति भवन पुगेर राजिनामा दिएको र राष्ट्रपति मुर्मुले राजीनामा स्वीकृत गरिसकेको जनाएको छ । अब ८ जुनसम्म मोदी नै कामचलाउ प्रधानमन्त्री बन्नेछन् । त्यसै दिन नयाँ सरकार गठन हुनेछ ।

भारतको लोकसभा निर्वाचनको मंगलबार सार्वजनिक मतपरिणामअनुसार कुनै पनि दलले बहुमत आएको छैन । तर भाजपा नेतृत्वको एनडिएले २९३ सिट जितेको छ । बहुमत र सरकार गठनका लागि २७२ सिट आवश्यक हुन्छ । विपक्षी गठबन्धन इन्डियाले २३४ सिट जितेको छ ।

मतपरिणाम आएसँगै त्यहाँ नयाँ सरकार गठनका लागि दुई गठबन्धनबीच छलफल भइरहेको छ । कतिपयले भाजपा नेतृत्वको एनडीएको गठबन्धनलाई अलग्याएर विपक्षी गठबन्धन इन्डियाको सरकार बन्ने पनि चर्चा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?